२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नुवाकोटमा हेलिकप्टर दुर्घटना



२३ साउन । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनामा परेको छ ।

नुवाकोटको शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको हो । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
घटनाबारे थप विवरण आउने क्रम जारी छ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।