२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हेलिकप्टर दुर्घटनाः मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



२२ साउन । नुवाकोटमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएलगतै मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएकाे छ।

उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका थिए।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।