१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्राधिकरणले लेखालाई बुझायो टीओडी मिटरको तथ्यांक



२४ साउन । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका सबै उद्योगको टीओडी मिटरको तथ्यांक संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको छ। प्राधिकरणले बिहीबार बक्यौता रकम तिर्न बाँकी रहेका सबै उद्योगको टीओडी मिटरको डेटा समेटिएको ५० पाेका विवरण संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको हो । उद्योगले प्रयोग गरेको विद्युत् बक्यौता उठाउने क्रममा उद्योगीले प्राधिकरणले आफू खुसी बिल काटेर पठाएको भन्दै विरोध गरिरहेको बेला टिआडी मिटरको बिल लेखा समितिलाई बुझाइएको हो । टिओडी मिटरमा कुन समयमा कुन उद्योगले कति विद्युत् खपत गरेको छ भन्ने डेटा रहेको छ ।

लेखा समितिले गत सोमबार बक्यौता रहेका उद्योगहरुको टीओडी मिटरको सबै विवरण बुझाउन प्राधिकरणलाई पत्र काटेको थियो। समितिको पत्रसँगै प्राधिकरणले सबै विवरण समितिमा पेस गरेको हो। उद्योगीहरु र प्राधिकरणबीच वर्षौँअघिको महशुल बक्यौता विवाद चलिरहेको छ। पछिल्लो समय उक्त विवाद चर्किँदै गएपछि वर्तमान सरकारले प्रमाण दिएर बक्यौता उठाउनुपर्ने भन्दै उद्योगीलाई साथ दिएको छ।

 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।