६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दिपकराजको‘छक्का पञ्जा ५’ सँग भिड्दै जितुको ‘ज्वाइँ साब’



२९ साउन । जितु नेपाल र नीति शाह अभिनित फिल्म ‘ज्वाइँ साब’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म दसैँको फूलपाती अर्थात असोज २४ गते रिलिज हुने पक्का भएको हो।
निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा जितु र नीतिलाई बेहुलाबेहुलीको पहिरनमा देख्न सकिन्छ।

योसँगै जितुको फिल्म दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ सँग भिड्नेछ। यसअघिनै असोज २४ का लागि निर्माणटिमले डेट तोकिसकेको छ।

वसन्त निरौला निर्देशित यस फिल्ममा वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, हिमेश पन्त, निमा पाण्डे, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ।

राजकुमार पण्डितको प्रस्तुति रहेको यो फिल्म सम्पादनको चरणमा छ। एक गीतको सुटिङ सकिएपछि फिल्मको पोस्टप्रोडक्सनको काम सुरु गरिने निर्माण टिमले जनाएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।