२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दाउन्नेमा भासिएको सडकमा लेदो खसेपछि सडक अवरुद्ध



मध्यविन्दु (नवलपरासी)
३० साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो । सडक सञ्चालनको प्रयास जारी रहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।