२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि अनुकरणीय छः देउवा



३० साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा लिँदै देउवाले यस्तो बताएका हुन्।

उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा भएको राष्ट्रिय सहमतीले संक्रमणकालिन न्यायको जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सिद्ध भएको बताए। उनले प्रश्तुत विधेयकले संक्रमणकालिन न्यायका सबै आधारभुत मान्यता बोकेको उल्लेख गरे। देउवाले सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने, द्वन्दको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको पनि उल्लेख गरे।

उनले विधेयक संक्रमणकालिन न्यायको मान्यतामा आधारित प्रचलित कानून, सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल रहेको पनि बताए। उनले विधेयक कानून बनेपश्चात सबै पीडितहरुलाई न्यायको अनुभुत गर्नेमा विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।