३२ साउन । चलचित्र ‘ह्रस्वदीर्घ’ यही असोज ३ गतेबाट देशभर प्रर्दशन गर्ने निर्माण पक्षले घोषणा गरेको भए पनि सो मितीमा चलचित्र प्रर्दशन नहुने भएको छ ।
चलचित्रको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भइरहेको र अझ उत्कृष्ट काम गर्न समय अपुग गएपछि प्रर्दशन स्थगित गरिएको हो ।
निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले फेसबुकबाट जानकारी दिएकी छन्।
नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गरेको यस चलचित्रको अभिनेत्री ढुंगानाले यस विषयमा सामाजिक सञ्जालमा लेख्दै थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केही समय माग भइआएकोले प्रर्दशन स्थगित गर्नुपर्ने अवस्था आएको उल्येख गरेकी छन् ।
उनले वितरण कम्पनीसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले छिट्टै नयाँ प्रदर्शन मिति सार्वजनिक गर्ने भन्दै प्रर्दशन मिती स्थगित भएकोमा माफी समेत मागेकी छन् ।
यस फिल्ममा भारतीय कलाकारहरुको समेत अभिनय गरेका छन् । चलचित्रका निर्देशक चन्द्र पन्त हुन् भने अभिनेत्री नीतिा ढुंगाना र उनका पति हरिहर अधिकारीको अभिनय हेर्न पाइन्छ ।
प्रतिक्रिया