६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कान्ताराका लागि ऋषभ शेट्टीले पाए उत्कृष्ट अभिनेताको नेशनल अवार्ड



काठमाडौँ
३२ साउन । भारत सरकारले सन् २०२२ का लागि ७०औं राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरेको छ । ७०औं राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड दुई अभिनेत्रीलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

नित्या मेननलाई तमिल चलचित्र तिरुचित्रम्बलमका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ । यो चलचित्र सन् २०२२ मा प्रर्दशन भएको थियो । यस चलचित्रमा उनीसँगै अभिनेता धनुष देखिएका थिए ।

मानसी पारेखलाई गुजराती चलचित्र काक्ष एक्सप्रेसका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि दिइएको छ । कन्नड अभिनेता ऋषभ शेट्टीलाई उनको चलचित्र कान्ताराका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । कार्तिकेय–२ चलचित्रले वर्षको उत्कृष्ट तेलुगु चलचित्रको अवार्ड पाएको छ ।

पोन्नियिन सेल्भान पार्ट–१ ले वर्षको उत्कृष्ट तमिल चलचित्रको अवार्ड पाएको छ ।

केजीएफ च्याप्टर–२ ले वर्षको उत्कृष्ट कन्नड चलचित्रको अवार्ड पाएको छ । मनोज बाजपेयी र शर्मिला टगरको चलचित्र गुलमोहरले वर्षको उत्कृष्ट हिन्दी चलचित्रको अवार्ड पाएको छ । चलचित्र ब्रह्मास्त्र भाग १ का गीतका लागि संगीतकार प्रीतमले उत्कृष्ट संगीत निर्देशक (गीतका लागि) अवार्ड पाएका छन् ।

एआर रहमानलाई तमिल चलचित्र पोन्नियिन सेल्भान पार्ट–१ को पृष्ठभूमि संगीतका लागि उत्कृष्ट संगीत निर्देशकको अवार्ड दिइएको छ ।

फिल्म ब्रह्मास्त्र पार्ट १ मा गाएको केसरिया गीतका लागि अरिजित सिंहले सर्वोत्कृष्ट पुरुष गायकको अवार्ड पाएका छन् । निर्देशक सुरज बडजात्याले चलचित्र उचाईका लागि उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । मलयालम चलचित्र अत्तमले उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।