३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड चलचित्र स्त्री–२ को बक्स अफिसमा कीर्तिमानी आम्दानी



काठमाडौँ
३२ साउन। बलिडड चलचित्र स्त्री–२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक आन्दानी गरेको छ । प्रर्दशनको पहिलो दिन विहिबार स्त्री–२ ले ५५ करोड ४० लाख आन्दानी गरेको चलचित्र विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

चलचित्रले बुधबार पेड रिभ्युबाट ९.४० करोड आन्दानी गरेको र विहिबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख आन्दानी गरेको आदर्शले जानकारी दिएका हुन् ।

योसंगै स्त्री–२ ले बलिवुडमा पहिलो दिन यसअघि पठानले ५५ करोड आन्दानी गरेर राखेको किर्तिमान समेत तोडेको छ । पहिलो दिन पठान बाहेक एनिमलले ५४.७५ करोड कमाएको थियो भने केजीएफ–२ ले ५३.९५ करोड कमाएको थियो । त्यस्तै वारले ५१ करोड ६० लाख कमाएको थियो ।

यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री–२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ ।

अमर कौशिकले निर्देशन गरेको स्त्री–२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।