४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थामे क्षेत्रमा हिमताल फुटेर बाढी आएको पुष्टि(भिडियोसहित)



काठमाडौं । सोलुखुम्बुको थामे क्षेत्रमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेका कारण बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा ताल फुटेर बाढी आएको पाइएको हो ।

गाउँपालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत् निरीक्षण गरेको भिडिओ सार्वजनिक गर्दै हिमताल फुटेका कारण बाढी आएको जनाएको छ ।

बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १२ : ०६ बजे