४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जग्गा किनबेचको विषयमा विवाद भएपछि भाईद्वारा दिदीकोे हत्या



म्याग्दी
३ भदौ । जग्गा किनबेच विदानमा भाई आफ्नी दिदीको हत्या गरिदिएका छन् ।
धरिलाृ हतियार प्रहार गरेर म्यादीको डाँडागाउँको गलकोटमा गए राति भाई ३५ वर्षीय दलवीर श्रीपालील सोही ठाउँकी ४३ वर्षीया दिदी बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताएका छन् ।

घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेलापरेको छ । मृतकको टाउकोमा चोट लागेको छ । वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार दिदीभाईबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताए ।

 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  २ : ३१ बजे