१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड चलचित्र स्त्री–२ प्रर्दशनको दिनमै लगानी उठायो,चार दिनमै दुई सय करोड कमाई



काठमाडौँ
३ भदौं । बलिउड चलचित्र स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । चलचित्रले प्रर्दशनको चौथो दिन आइतबार मात्र ५८ करोड २० लाख कमाई गरेको छ ।

चलचित्र विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ ।

चलचित्रले चलचित्रको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै चलचित्रले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै चलचित्रले शुक्रबार ३५.३० करोड र शनिबार ४५ करोड ७० लाख कमाएको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो चलचित्रले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री–२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ ।

अमर कौशिकले निर्देशन गरेको स्त्री–२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ३ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।