२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बेपत्ता ८० वर्षीया वृद्धा मृत अवस्थामा फेला



पर्वत
१० भदौ । विगत तीन दिनदेखि आफ्नै घरबाट बेपत्ता भएकी पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी एक महिलाको मृत अवस्थामा भेटिएकी छिन् ।

स्थानीय ८० वर्षीया वसुन्धरा बगालेलाई मृत अवस्थामा आज दिउँसो २ः१५ बजे प्रहरीले फेला पारेको हो । गत शनिबार साँझ ६ः३० बजेदेखि बेपत्ता भएको भनी प्राप्त भएको सूचनाका आधारमा खोजतलास गर्न पुगेको प्रहरी टोलीले उनलाई घरभन्दा करिब तीन किमी उत्तरतर्फको एकोहोरे जङ्गलको भिरमुनि अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिएका छन् ।

मोटरबाटोको डिलबाट लडेर तीन÷चार सय मिटर तल पुगेका कारण मृत्यु भएको जस्तो देखिने प्रहरी निरीक्षक बरामले जानकारी दिएका छन् । उनका अनुसार मृतक वृद्धले लगाएको गरगहना र लुगाफाटो जस्ताकोतस्तै रहेकाले लडेकै कारणले मृत्यु भएको जस्तो देखिएको छ । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला असपताल पर्वतमा राखिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।