२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुकुल ढकाल रास्वपाको कारबाहीमा, अब साधारण सदस्य समेत नरहने



११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी निलम्बित महामन्त्री मुकुल ढकाललाई कारबाही गरेको छ। पार्टीको नीति विपरित कारबाही गरेको भन्दै रास्वपाले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो।

मंगलबार बिहान पार्टी कार्यालयम बसेको केन्द्रीय समितिको बैठकलाई ढकाललााई साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो। यसअघि रास्वपाल ‘साधारण सदस्यबाट किन नहटाउने?’ भन्दै ढकाललाई २ पटक स्पष्टीकरण सोधेको थियो।

अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई केन्द्रिय किमिटीले साधारण सदस्यबाट हटाएको हो।

ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायतका आरोपमा पार्टीले उनलाई यसअघि महामन्त्रीबाट निलम्बन गरेको थियो।

आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उनले आयोगसँग आग्रह गरेका छन्। ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।