६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘तेल भिसा’ को गीतमा अभिनेता विपिन कार्की देखिए दोहोरो भूमिकामा



काठमाडौँ
११ भदौं । चलचित्र ‘तेल भिसा’ को गीतमा अभिनेता विपिन कार्की देखिए दोहोरो भूमिकामा देखिएका छन् ।
उनी गीतमा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन् । गीतमा चलचित्रका मुख्य कलाकारहरू विपिन कार्कीसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत छन् । छोरा (विपिन कार्की)को सन्तान हुन लागेपछि नेपालबाट आमा (पूजा चन्द) अमेरिका पुगेपछिको अवस्थालाई गीतमा देखाइएको छ । गीतको अन्त्यमा पूजालाई अमेरिकी प्रहरीको नियन्त्रणमा देख्न सकिन्छ ।
शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको चलचित्र‘तेल भिसा’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।
सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक ‘हरि नाम झैं’ बोलको गीत सार्बजनिक गरिएको हो । कल्याण सिंहको संगीतमा तयार भएको गीतमा हर्क साउदको शब्द रचना छ भने निशान भट्टराई र समीरा थपलियाको गायन छ ।

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्की निर्माता तथा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्मातामा छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन तथा अजय खड्काको सम्पादन छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।