९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीबाट एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित पाँच जनालाई रकम हिनामिना गरेको आरोपमा पक्राउ



काठमाडौँ
१६ भदौं । एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लि. को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरको वडा नम्बर ७ स्थित चुच्चेपाटीमा कार्यालय रहेको सो सहकारीले बचतकर्ताको १५ करोड ९१ लाख अपचलन गरेको आरोपमा उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डंगोलसहित सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल, सदस्यहरु रामलाल महर्जन, अमरभाई महर्जन रहेका छन् । पक्राउ परेका सबै पाँच जनालाई काठमाडौँ जिल्ला अदालतबाट ८ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  २ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।