४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशले पाए नागरिकता



 

भोजपुर
१६ भदौं । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।

आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई उनको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको छ ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  २ : ४५ बजे