४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्री राजीव गुरूङ(मनाङ्गे)द्वारा पदबाट राजीनामा



गण्डकी
१७ भदौ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङले पदबाट राजीनामा दिएका छन् । आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

गुरूङले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्री पाण्डेले आजै नेकपा (एमाले) का चार जना मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : २० बजे