६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री पुजा शर्माले आफूमाथि बारम्बर प्रहार गरेको गायिका समिक्षा अधिकारीको आरोप



१८ भदौं । गायिका समिक्षा अधिकारीले अभिनेत्री पुजा शर्माले आफूमाथि बारम्बर प्रहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ती जनाएकी छिन् । एक भिडियो फुटेज सार्वजनिक गर्दै गायिका अधिकारीले प्रश्न गरेकी छिन्, ‘सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? ’
एक युट्युवबरलाई दिएको अन्तर्वाताप्रति आपत्ती जनाउदै उनले ‘अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिश नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि !’ भन्दै जवाफ फर्काएकी हुन् ।
उनले भनेकी छिन्,’सत्य के हो ? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।’
के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा आफूले मायाको तराजुमा आफुलाई जोख्न तयार भएको र माफी दिएर सावित गरिदिएको उनले बताएकी छिन् ।
चलचित्र रावायणको प्रमोसनको क्रममा युट्युवको दैलो चाहार्दै अन्र्तवाता दिन पुगेकी निमात्री समेत रहेकी पुजा शर्मालाई गायिका अधिकारीले प्रश्न गर्दै भनेकी छिन्,‘यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र? ’
उनले ‘यसरी पिडा नदिनुस् प्लिज’ भन्दै सामाजिक सञ्जालबाट अनुनय गरेकी छिन् ।
अभिनेत्री शर्माले अभिनेता पल शाहलाई कानूनले नै प्रमाणित गरिसकेको भन्दै अभिव्यक्ति दिएकी थिइन् । उनले आफ्नो छोरा भए पनि सम्झन आग्रह गरेकी थिइन् ।
पछिल्लो समय नेपाली कलाकारहरु विभिन्न गुट उपगुट बनाएर एक अर्काप्रति आरोप प्रत्यारोप गरिरहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।