६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पौराणिक कथामा चलचित्र ’डिएनए’ घोषणा



काठमाडौं
१८ भदौैं । पौराणिक कथामा आधारित एक्सन थ्रिलर शैलीको चलचित्र ’डिएनए’ को घोषणा गरिएको छ। निर्देशक चानस पुन मगरका अनुसार, यो चलचित्र पौराणिक कथाको ’मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन्।

चलचित्र ’डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्।
चलचित्र निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको छ भने बड पिक्चर्स र अन्डर एक्सपोजÞ सिनेमासँगको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ।

चलचित्रको छायाङ्कन आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ। पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई रोमाञ्चक यात्रामा लैजाने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए। यस चलचित्रमा नयाँ र नौलो प्रयोगको रूपमा निर्माण गरिने बताइएको छ।

चलचित्रमा कलाकारहरू र अन्य टिमको जानकारी केही समयपछि दिइने बताइएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।