९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पूजा लेख्छिन्, ‘चलचित्र आउनु अगाडि ‘शत्रु’ त लाग्छन् नै’



१८ भदौ । नायिका पूजा शर्माले गायिका समीक्षा अधिकारीविरुद्ध आफू बोल्न बाध्य भएको बताएकी छन् । समीक्षाको नामै नलिइकन उनले आफ्नो चलचित्र आउनु अगाडि ‘शत्रु’ लागेको भन्दै टिप्पणी गरेकी छन् ।

“आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडियो सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्, त्यसमा मेरो गम्भीर आपत्ति छ,” उनले फेसबुकमा लेखेकी छन् ।
यो विषयमा आफू बोल्न नचाहे पनि आफ्नो चलचित्र आउनुभन्दा अगाडि आफूलाई लक्षित गरेकाले बोल्न बाध्य भएको उनले बताएकी छन् ।

“मिडियामा आएका आएका मेरा सम्पूर्ण सामग्रीहरू नितान्त प्रोफेसनल हुन् । यो बाहेक मेरा र ति बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोलेँ र कहिले बोल्नेछु” उनी लेख्छिन्, “चलचित्र आउनु अगाडि शत्रुहरू त लाग्छन् नै ।”

यसअघि समीक्षाले पूजा शर्माले एक पोडकास्टमा बोलेको भिडियो सेयर गर्दै आफू पीडित भए पनि पोडकास्टहरू अदालत र कलाकार न्यायाधीश झैँ बनेको टिप्पणी गरेकी थिइन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ११ : ३४ बजे