९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तराई र पहाडको कथामा चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” निर्माणको घोषणा



 

काठमाडौं
१९ भदौं । निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” घोषणा गरेका छन्।
निद शर्के गौचन र नकिम उद्दिनको संयुक्त व्यानर ट्राइ–सिटी पिक्चर्सले चलचित्र निर्माण गर्नेछ ।
चलचित्रमा पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको कथा रहने बताइएको छ। चलचित्रले तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी–मधेसी मेलमिलापको खोजी गर्ने निर्माण पक्षको दाबी छ ।
चलचित्रका लेखक÷निर्माता÷निर्देशक दीपेन्द्र गौचनले घोषणा कार्यक्रममा भने,“नेपाल फर्केर मैले धेरैजसो चलचित्र पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ। यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें,” निर्देशक गौचनले भने, “यो चलचित्र मेरो मनको नजिक छ किनभने यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ।”
चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता÷जेसी) रहेकी छन भने रामको भूमिकामा नाजिर हुसेन (रामबरन÷र्याम्बो) रहेका छन्। त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा रहेका छन्। यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन्।
चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी, र म्यूजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : २२ बजे