३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘रावायण’ : हिंसा र क्रुर दृश्यले भरिएको चलचित्र



‘यो कलियुग हो, रावणले जित्छ, अनि रावायण लेखिन्छ ।’ चलचित्रको यो संवादले बुझ्न सकिन्छ । चलचित्र रावयणको पक्षबाट देखाइएको छ

 

ललितखबर
२४ भदौं । नेपाल भारतको सिमानाको एउटा गाँउ जबरगञ्जमा कान्छा पात्र हुर्किरहेको हुन्छ । पारिपारिक पिडाबीच ऊभित्र आक्रोसको आगो दन्किरहेको हुन्छ । त्यही आक्रोससँगै कान्छा हिंसात्मक गुण्डागर्दी गर्दै बजरगञ्जको गुण्डाराज आफ्नो हातमा लिन्छ ।
यो अभिनेता पल शाह कान्छा र राघवको दोहोरो भूमिका रहेको चलचित्र ‘रावायण’को कथा हो ।
जबरगञ्मा गुण्डा कान्छाको राजसँगै तराईमा हुने गुण्डाराजको हर्कत चलचित्र ‘रावायण’मा समेटिएको छ । चलचित्र ‘रावायण’ पौराणिक कथामा आधारित नभई रामायणको पात्रहरुबाट प्रभावित छ ।
सवल पक्ष
चलचित्रको संवादहरु पात्रलाई स्थापित गर्न ज्यादै प्रभावकारी छन् । एउटा घमण्डी गुण्डा पात्र कान्छनले बोल्ने ‘वनसंग आगो डराउदैन’ ‘मसँग डर पनि डराउछ’ ‘सत्ता सम्बन्ध होइन, शक्तिको पुजारी हुन्छ’ जस्ता संवादले दर्शकको मन तान्न सफल छ ।
चलचित्रमा प्रयोग गरिएको प्रविधि र एक्सनको दृष्टिकोणबाट नेपालमा उच्चस्तरिय चलचित्र निर्माण गर्न सफल हुनु राम्रो हो । यसबाट नेपाल चलचित्र उद्योग सक्षम बन्दै गरिएको प्रमाण मिल्छ । फरक विधामा प्रभावकारी चलचित्र निर्माण गर्न सक्ने क्षमता विकास हुनुलाई सकारात्मक रुपमा लिनु पर्दछ ।
निर्देशक सुर्दशन थापाको चलचित्रमा मेहनत भने तारिफ योग्य छ । पल शाहले नेपाली चलचित्र क्षेत्रमा राम्रो सम्भावना बोकेको कलाकारको रुपमा आफूलाई फेरि एक पटक प्रमाणित गरेका छन् ।


दुर्बल पक्ष
किन र के लागि चलचित्रका कथाकार शिवम अधिकारीले लेखे प्रष्ट छैन । हिंसा हत्या र आतंकको बोलवाला छ । चलचित्रको एक्सन हेर्दा डरलाग्दो छ । कतिपय क्रुर दृश्य हेर्न नसकेर आँखा छोप्नुपर्ने अवस्था छ ।
‘यो कलियुग हो, रावणले जित्छ, अनि रावायण लेखिन्छ ।’ चलचित्रको यो संवादले बुझ्न सकिन्छ । चलचित्र रावयणको पक्षबाट देखाइएको छ । समस्या यहीबाट सुरु भएको छ । के आजको समाजलाई रावणको जस्तो चरित्र प्रर्दशन गर्नु जरुरी छ । के रावणको रुपसँगै आतंक र क्रुरता चलचित्रको पर्दामा ल्याउनु दर्शकका लागि आवश्यक थियो ।

 

चलचित्रमा नेपाल भारत सिमा क्षेत्रलाई तोकेरै जुन किसिमको आतंक छ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ । त्यो तथ्यपूर्ण र जायज छैन

निर्देशक सुर्दशन थापाले हत्या, हिंसा र क्रुरता देखाएका छन् । चलचित्रभित्र अमानवीय र क्रुरता प्रर्दशन नगरिएको छ । ती दृश्यले दर्शकलाई मनोरञ्जन होइन, त्रास पैदा गर्छ । यस्तो कुरा हेर्न नपरे हुन्थ्यो भन्दै प्राथना गर्दै हेर्नुपर्ने बाध्यता छ । चलचित्र हेरिरहँदा सेन्सर गर्ने पदाधिकारीले यी दृश्य कसरी स्वीकृत दिए होलान् भन्ने प्रश्न उव्जिन्छ । कतिपय दृश्य धमिलो बनाइएको छ । तर पर्याप्त छैन ।
चलचित्र क्रुर र अमानबीय दृश्य मन पराउने दर्शक बाहेकले राम्रो पक्कै भन्ने छैनन् । चलचित्रको मुल सन्देस रावणहरुको बोलवाला भएको समाज र उनीहरुले राज गरेको देखाइएका कारण गलत छ । यस्ता गलत सन्देस दिने चलचित्रले समाजलाई राम्रो बाटोमा हिडाउदैन ।
चलचित्रमा केही समयअघि प्रर्दशन भएको रंगेलीबाट प्रभावित भएको स्प्रष्ट देखिन्छ ।
चलचित्रमा पुजा शर्मा(बैर्धइ) पत्रकार भइकन पनि गुण्डाराजको फन्दामा पर्छिन् तर सञ्चारमाध्यमको प्रभाव देखिन्न । चलचित्रको सुरुमा सशक्त पत्रकारको प्रभाव छोड्ने उनी किन सञ्चारमाध्यमलाई किन उपभोग गरिनन् ? दर्शकको मनमा खड्किन्छ । चलचित्रमा एसिडपिडितको आन्दोलन देखाइएको छ । तर ती सबै अलपत्र पारिएको छ ।

चलचित्रमा नेपाल भारत सिमा क्षेत्रलाई तोकेरै जुन किसिमको आतंक छ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ । त्यो तथ्यपूर्ण र जायज छैन । यस्ता अतिरञ्जनापूर्ण दृश्यले नेपालको छवि अन्र्तराष्ट्रिय रुपमा धुमिल पार्छ । ‘नेपालको सिमा क्षेत्रमा प्रशासन र प्रहरीलगायत राज्यको उपस्थिती छ । ती सबै बेकामे छन् । यहाँ गुण्डाको भरमा समाज चलेको छ’ भन्ने सन्देश दिन खोज्नु खेदजनक छ । यस्ता चलचित्रले देशको व्यईज्जत मात्रै गरेको छ । चलचित्रमा कला र कल्पनाशिलतासँग जोडेर तर्क गर्न सकिए पनि देशको प्रतिष्ठासँग जोडेर अतिरञ्जनापूर्ण दृश्य राखिनु जायज होइन । चलचित्रमा राजा महेन्द्रले आतंकका लागि हतियार बाडेर यो हिंसा र आतंकको अवस्थामा आएको तथ्य स्थापित गर्न गरेको छ । जुन इतिहासलाई तोडमोड गर्न खोजिएको छ । यो पनि सही होइन ।
प्रविधि
चलचित्रका सिनेमेट्रोग्राफर सौरभ लामाले दृश्यहरु गज्जवसँग खिचेका छन् । समिरको भिएफएकको प्रयोगले चलचित्रलाई राम्रो बनाउन धेरै सहयोग गरेको छ । कोरियोग्राफर विक्रम स्वार र रामजी लामिछानेको मेहनत पनि पर्दामा देखिएको छ । पार्शसंगीत औसत छ । गीतसंगीतको प्रभावमा चलचित्र देखिन्न ।


पल शाह (कान्छा,राघव)
चलचित्रमा पल शाहको भूमिका प्रभावकारी छ । उनले कान्छा पात्रमार्फत आफू खलनायकमा पनि जम्न सक्ने कलाकार रहेको प्रमाणि गरेका छन् । राघव पात्रमार्फत विचरा भएर चलचित्रको चरित्रलाई राम्रोसँग निभाएका छन् ।
उनले आफूलाई गज्जवको एक्सन देखाउन सक्ने कलाकार रहेको प्रमाणित गरेका छन् । समग्रमा चलचित्रमा राम्रो प्रभाव देखाएका छन् ।
निर्देशक सुर्दशन थापाले चलचित्रको अन्तपछि सिक्वेल बन्ने सम्भावनालाई भने मिठो ढंगले प्रस्तुत गरेका छन् ।


पुजा शर्मा (बैधई)
चलचित्रमा अभिनेत्री पुजा शर्माको भूमिका शसक्त भए पनि अभिनयको हिसावमा कमजोर प्रस्तुती दिएकी छिन् ।उनको अभिनय डल छ । चलचित्रमा फरक र प्रभावकारी चरित्र पनि देखिन्न ।

 

मुस्लिम रखौटी महिलाको भूमिका निभाएकी प्रियंकाको हिन्दी लवजमा समस्या छ । उनको अभिनय औसतभन्दा माथि छैन


प्रियंका कार्की
मुस्लिम रखौटी महिलाको भूमिका निभाएकी प्रियंकाको हिन्दी लवजमा समस्या छ । उनको अभिनय औसतभन्दा माथि छैन । मुस्लिम महिलाको चरित्र निर्खान मेहनत नगरेको भान हुन्छ ।

 

राज्यले यस्ता चलचित्रबारे स्प्रष्ट धारणा राख्नुपर्छ । सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएर मात्रै धर पाउदैन । यस्ता दृश्य काट्न आदेश दिनु जरुरी छ

प्रमोद अग्रहरी (आमल अन्सारी)
चलचित्रमा प्रमोद अग्रहरीको भूमिका तारिफ योग्य छ । उनले एउटा मधेसमा हुर्किएको खलपात्रलाई न्याय हुने गरेर चरित्र निर्माण गरेका छन् । उनले बोल्ने संवादको क्रममा हिन्दी लवज पनि राम्रो सुनिएको छ । अभिनय र डाइलग डेलिभरीमा उनले राम्रो काम गरेका छन् । लेखकले न्यायपूर्ण ढंगले भूमिका दिएकाले पनि हुनसक्छ । उनी खरो रुपमा चलचित्रमा उत्रेका छन् । चलचित्रमा मुख्यपात्र बाहेक अन्य कलाकारको प्रभाव शुन्यप्राय छ ।

निश्कर्ष
चलचित्र समाजको ऐना हो । समाजलाई सही बाटोमा लैजान चलचित्र सहयोगी बन्नुपर्छ । देश र समाजलाई योगदान दिने चलचित्र निर्माण हुनु जरुरी छ । चलचित्र समाजलाई भड्काउमा लैजान सहायक हुनुहुन्न । चलचित्र हेर्ने दर्शक हलमा बेचैन र आतंकित बन्नुहुन्न ।
राज्यले यस्ता चलचित्रबारे स्प्रष्ट धारणा राख्नुपर्छ । सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएर मात्रै धर पाउदैन । यस्ता दृश्य काट्न आदेश दिनु जरुरी छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।