९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा दुई जना मृत अवस्थामा फेला



प्रहरीले दुबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएको छ

२५ भदौं । काठमाडौंको भोटेबहाल र किर्तिपुरमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शसि कुमार लाल कर्ण सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा महिला मृत अवस्थामा फेला परेकी छिन् ।
हालसम्म नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ बर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीले दुबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।