२० असार २०८३, शनिबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बिहीबारदेखि तीन दिन भीषण वर्षा हुने



२६ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म पश्चिम नेपालकेन्द्रित भीषण वर्षाको सम्भावना छ। हल्कादेखि मध्यम वर्षा भने अन्य क्षेत्रमा पनि हुने देखिन्छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। तर, भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपालनजिक) सर्ने सम्भावना देखिएको छ।

महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै बिहीबार साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी महाशाखाले दिएको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। महाशाखाले सुदूरपश्चिमका ६ जिल्लामा रेड अलर्टसमेत जारी गरेकाे छ।

बुधबार राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।