३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन



२८ भदौ । सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस सहित रिक्त संवैधानिक पदमा सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक विना निर्णय सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।

संवैधानिक परिषद् बैठकमा प्रधान न्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको बताइएको छ । पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाममाथि छलफल बढी केन्द्रीत बनेको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ४८ बजे