२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचन स्वीकृत, असोज १० देखि १६ गतेसम्म दल दर्ता



२ असोज । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार प्रेस विज्ञप्तिमार्फत् आयोगले दिएको हो।

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि असोज ९ गते राजनीतिक दलको दर्ताको सूचना प्रकाशन हुनेछ। असोज १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने र असोज २० गते दल दर्ता स्वीकृत गर्ने कार्यतालिका छ।

निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख छ।

कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने कार्यतालिका छ। कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका छ। मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने र १६ गते मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन्।

 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।