२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रस्तावित प्रधानन्यायाधीश राउत र राजदूतमा प्रस्तावित यादव र लम्सालविरुद्ध उजुरी आह्वान



३ असोज । संसद्को सार्वजनिक सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतविरुद्ध उजुरी आह्वान गरेको छ ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालविरुद्ध उजुरी आह्वान गर्ने निर्णय भएको हो ।

समिति बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने गरेको प्रस्ताव समितिबाट पारित भएको हो ।

प्रस्ताव पारित भएपछि सभापति न्यौपानेले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी छन्।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।