६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक्टरः टेक वन’ को पोस्टरमा प्रदिप, आना र दिव्या, त्रिकोणात्मक प्रेमकथाको संकेत



काठमाडौं
६ असोज । चलचित्र ‘एक्टरः टेक वन’का पोस्टरहरुमा अभिनेता प्रदिप आना र दिव्यासँगै देखिएका छन् ।
पोस्टरहरूबाट चलचित्रमा त्रिकोणात्मक प्रेमकथाको संकेत गरेको छ ।
पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू अभिनेता प्रदिप खड्का, अभिनेत्री आना शर्मा, र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ। एक पोस्टरमा प्रदिप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदिपसँग प्रेमभावमा प्रस्तुत गरिएको छ।
आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा प्रर्दशनको तयरीमा रहेका नेपाली चलचित्र ‘एक्टरः टेक वन’ का तीन नयाँ पोस्टरहरू सार्वजनिक गरिएको हो । निर्माता थमन कुमार भण्डारीका अनुसार पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्।
राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदिप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ। ‘एक्टरः टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह–निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ। संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ३ : ५८ बजे