२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड र रवीन्द्र मिश्रबिच भेटवार्ता,प्रचण्डले भने– ज्ञानेन्द्र नरम भइदिएको भए आजको परिस्थिति अर्कै हुन्थ्यो



८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। उपाध्यक्ष मिश्रले प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गरेको तस्बिर सार्वजनिक गर्दै मिश्रले राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने भनाइ प्रचण्डसँग राखेको उल्लेख गरेका छन्।

‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनःस्थापित नगर्ने हो भने यो देश विस्फोटनको अवस्थातिर उन्मुख हुँदैछ। त्यतिबेला तपाईंहरूको अग्रगमन, नाम र सालिक केही बाँकी रहने छैन,’ मिश्रले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै सञ्जालमा लेखेका छन्।

त्यसपछि प्रचण्डले राखेका भनाइलाई उनले विभिन्न ७ बुँदामा उल्लेख गरेका छन्। प्रचण्डले मिश्रलाई अहिलेकै स्थितिबाट देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगिसकेको मिश्रलाई बताएका छन्।

उनले पञ्चायतकालमा धेरै राम्रा काम भएको, राजा महेन्द्र ‘भिजनरी’ भएको लगायतका प्रसंग झिकेको मिश्रले बताएका छन्।

‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भनेका छन्। साथै, २०६२/०६३ को आन्दोलनको ताका राजा ज्ञानेन्द्र नरम भइदिएको भए आज परिस्थिति नै अर्कै हुने पनि प्रचण्डले बताएको मिश्रले बताएका छन्।

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेकोछु।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका भिजनरी राजा रहेछन्।

३.द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२-०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो।

६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।
कौसीमा लामो संवाद गरेर तल ओर्लिँदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा(बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौँ नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ-बित्नेछ भन्नेमा संभवतस् उनीहरू अनभिज्ञ थिए।

म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।

 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।