राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो
काठमाडौं
८ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्जपछि सिंहदरवार प्रहरी बृत्तमा राखिने भएको छ । पक्राउ परेकै दिन प्रसाईको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उनीको स्वास्थ्य अवस्था ठीक भएपछि डिस्चार्जको तयारी भइरहेको छ ।
प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रतिक्रिया