१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चालु आवको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण



९ असोज । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

एडीबीले गत आर्थिक वर्ष २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत भएको जनाएको छ । मुद्रास्फीतितर्फ सन् २०२४ मा नेपालले ५.४ प्रतिशतको सीमा भित्र राख्न सक्ने देखिएको छ । सन् २०२३ मा ७.७ प्रतिशत थियो । सन् २०२५ मा केही बढेर ५.५ प्रतिशत मुद्रास्फीति हुने अनुमान एडीबीको छ ।

दक्षिण एसियाली भेगमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । सन् २०२५ मा यसै क्षेत्रमा ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । सन् २०२३ मा ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको थियो ।

यस भेगमा सबैभन्दा धेरै भारतको वृद्धिदर हुने देखिएको छ । भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : ०४ बजे