८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालाजुमा दुई मोटरसाइकलको ठक्करपछि चालकको मृत्यु, दुई घाइते



बालाजु बाईसधारा गेट नजिक सडकमा बाग्मती प्रदेश ०२–०५१ प ५५१६ नम्बरको मोटरसाइकल र बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएपछि सो दुर्घटना भएको हो

 

११ असोज । काठमाडौंको बालाजुमा दुई मोटरसाइकल एक आपसमा ठक्करपछि चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बालाजु बाईसधारा गेट नजिक सडकमा बाग्मती प्रदेश ०२–०५१ प ५५१६ नम्बरको मोटरसाइकल र बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएपछि सो दुर्घटना भएको हो ।
बिहीबार दिउँसा सो दुर्घटनापछि बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–३ तिनपिप्ले आठमाईल बस्ने ४४ वर्षीय केदार ढकालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बालाजुस्थित २ सिल्भर लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बा.५४ प ५३८७ नम्बरको मोटरसाइकलमा सवार १ जना तथा प्रदेश ०२–०५१ प ५५१६
नम्बरको मोटरसाइकलका चालक र सोही मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ३४ बजे