२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार बिहानसम्मको लागि सबै आन्तरिक उडान बन्द



११ असोज । खराब मौसमका कारण दिनभर डिले भएका र उडान हुन नसकेको उडानसँगै भोलि बिहानसम्मका लागि सबै आन्तरिक उडान बन्द भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई गन्तव्यको मौसममा नखुलेको र इनरुट मौसमसमेत बिग्रिएकोले शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान बन्द गरिएको छ ।

हवाई उडानलाई सुरक्षित बनाउन प्राधिकरणले उडान बन्द गर्ने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार प्राधिकरण सुरक्षित हवाई उडानमा प्रतिवद्ध रहेकोले पनि भोलि बिहानसम्मका लागि उडान बन्द गरिएको छ ।

मौसम खुला हुँदा भने काठमाडौैंबाट पोखरा, भैरहवा, विराटनगरसहित रात्री उडाउन हुने विमानस्थलमा उडान हुन्छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।