१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


कुलेखाने जलासयको ढोका खोलियो, सुरक्षित रहन आग्रह



१२ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा न-२ स्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधको ढोका खोलिएको छ ।

अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएराती देखि साइरनसहित ओभरफ्लो भएको थियो । आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

हाल प्रती मिनेट ३०० क्युसेक पानी खोलिएको र आवश्यकता अनुसार पानी खोलिदै जाने प्रमुख भट्टले जानकारी दिए ।

कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू हाइ एलर्टमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : १६ बजे