१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढीका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता



काठमाडौँ
१२ असोज । निरन्तरको बर्षापछिको बाढीका कारण देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा धेरै सम्पर्कविहीन भएका छन् ।
बाढी र पहिरोमा परेर उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिएका छन् ।

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।