१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


विपद्‍बाट उद्धार गरिएका घाइते बिरामीहरूको निःशुल्क उपचार गरिने



१२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई वर्षा र बाढीबाट भएको विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रादेशिक स्वास्थ्य, आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
जारी विज्ञप्तिमा केही दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा बदलाव आई मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प्राकृतिक प्रकोपले जनमानसको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको र भविष्यमा थप पार्न सक्ने भएकोले सबै स्वास्थ्य संस्था र सम्बन्धित सरोकारवालाहरूलाई सतर्क रही उपचारमा सहयोग गर्न आग्रह गरिएको छ ।
प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न, प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले हब तथा स्याटलाइट अस्पतालहरू सँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहहरूलाई तयारी अवस्था राख्न आग्रह गरिएको छ ।

प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायहरू सँग समन्वय गर्न र श्रोत साधनहरूको अद्यावधिक गर्न, स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुने गरी व्यवस्था मिलाउन भनिएको छ ।
यस्तै आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी कुनै समस्याको बारेमा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न, आपत्कालीन अवस्था आइपरी स्वास्थ्य संस्था जानुपरेमा तालीम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको हटलाइन नं १०२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ३१ बजे