३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी पहिरोमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता



काठमाडौँ
१२ असोज । देशभर परेको भारी वर्षापछि बाढी, पहिरोमा परेर ८७ जनाको मृत्यु भएको छ ।

यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो ।
प्रहरीको पछिल्लो अपडेट अनुसार ८७ जनाको मृत्यु भएका छन् भने ७२ जना बेपत्ता र ३६ जना घाइते छन् ।

ती मध्ये काठमाडौं उपत्यकामा ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बाढी र पहिरोका कारण काभ्रेमा १४ जना, मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा जम्मा८७ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् । त्यसैगरी प्रहरीका अनुसार कोशीबाट ८५३, मधेश प्रदेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, बागमतीबाट ४९४ जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।