८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको तीन स्थानमा एकैदिन तीन शव फेला



१५ असोज । काठमाडौंको तीन स्थानमा एकै दिन तीनजनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौंको तिलगंगा,कलधारा र ढुंगेअड्डामा एक एक शव फेला परेको हो ।
काठमाडौं महानगरपालिका ९ तीलगंगा नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–१७ कालधारा डेरा गरी बस्ने ३० वर्षीय गोबिन्द ओलीकोकोठामा उनकै साथी उदयपुर गाईघाट घर भएका २७ वर्षीय बिनोद बिष्ट आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डास्थित कटेजमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
तीनै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रकृया सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १० : ३२ बजे