२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


११४ अंकले बढ्यो सेयर, साढे ७ अर्बको कारोबार



१५ असोज । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ११४ अंकले बढेर परिसुचक २६२३ अंकमा पुगेको छ ।

हिजो ४ अर्बको कारोबार भएको बजारमा आज भने कारोबार रकम पनि बढ्यो । आज १ करोड ७५ लाख कित्ता सेयर किनबेच हुदा ७ अर्ब ६१ करोडको कारोबार भएको छ ।

कारोबारमा आएका २४३ कम्पनिको सेयर बढेको छ भने एक कम्पनिको घटेको छ । यस्तै एक कम्पनिको सेयर स्थिर रहेको छ

सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ ३.८२, विकास बैंक ५.४८, फाइनान्स ९.७४, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बीमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशत बढे ।

आज १८ वटा कम्पनिमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनीकाे मूल्य १० प्रतिशत बढ्यो । यस्तै हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको सेयर ९.९९ अंकले बढेका छन् ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ५९ बजे