२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा एकै दिन चारजना मृत फेला



काठमाडौं
१७ असोज । राजधानीको काठमाडौं र ललितपुरमा विहीबार एकै लिनमा चार जना मृत फेला परेका छन् ।
प्र्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बसपार्क नजिक रहेको मन्दिरको पेटीमा हाल वतन नखुलेका प्रेम तामाङ भनी बोलाउने अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका–९ मनोहरा पुलस्थित खोलाको किनारमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३५ वर्षीय रबिन शाह बुधबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–३ सुन्ताखान तारेभिर घलानटोल बस्ने ६८ वर्षीय सुर्य तामाङ सोही ठाउँस्थित पानीको खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिका–८ मखुबेशीस्थित बागमती खोलाको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ९ : २६ बजे