२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशमा राउत नियुक्त



२० असोज । प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भउका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । उनको आजै दिउँसो शपथको कार्यक्रम तय भएको जनाएको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : ३५ बजे