२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौँबाट भोजपुर जाँदै गरेको बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु



कमलामाई (सिन्धुली)
२१ असोज । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिएका छन् ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : ४३ बजे