२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभरि १७ हजारभन्दा बढी डेंगुका बिरामी, काठमाडौंमा मात्रै २५ सयभन्दा बढी



२२ असोज । देशभरि डेंगुका विरामीको संख्या १७ हजारभन्दा बढी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्कअनुसार मंगलवारसम्म देशभर डेंगुका विरामीको संख्या १७ हजार ६०२ रहेको छ।

इडिसिडीको विवरणअनुसार हाल जुम्लाबाहेक देशभर डेंगु संक्रमित भेटिएका छन्। ​इडिसिडीका अनुसार कास्की, काठमाडौंँ र तनहुँमा सबैभन्दा बढी विरामी रहेकव पुष्टि भएको छ।

कास्कीमा २ हजार ७०९, काठमाडौँमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४, पर्वतमा १ हजार ४२१ जनामा डेंगुका विरामी रहेको पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ९०७, गोरखामा ६२०, ललितपुरमा ६४६, बागलुङमा ५८९, भक्तपुरमा ३०८ र स्याङ्जामा २९६ जनामा डेंगुका विरामी भेटिएका छन्।

प्रदेशअन्तर्गत गण्डकी, बागमती, लुम्बिनी र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगुका विरामी रहेको पुष्टि भएको छ। बागमती प्रदेशमा ५ हजार ५७१, कोशी प्रदेशमा १ हजार ४२२ जना डेंगुका विरामी पुष्टि भएको छ।

यसैगरी, लुम्बिनी प्रदेशमा १ हजार १३५, कर्णाली प्रदेशमा २५१, मधेश प्रदेशमा ३४३‚ सुदूरपश्चिम प्रदेशमा ८१८ जना र गण्डकी प्रदेशमा ८ हजार ६२ जनामा डेंगु पुष्टि भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०० बजे