२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय उद्धार यात्राको शुभारम्भ



प्रधानमन्त्रीले मानवता सर्वोच्च धर्म भएकाले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध

काठमाडौँ
२६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री निवासबाट प्रारम्भ भएको यात्राको सफलताको कामना गर्दै प्रधानमन्त्रीले मानवता सर्वोच्च धर्म भएकाले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनले पहिले मानवता, त्यसपछि देश भन्ने भावनालाई आत्मसात् गर्न आग्रह गरे ।

त्यस बखत प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डोल्मा पनि उपस्थित थिए । प्रधानमन्त्री ओलीले अभियानका सहभागीलाई टीका लगाइदिएर शुभयात्राको कामना गरेका थिए ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिए । सो यात्रा आगामी कातिक २८ गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।