२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विपक्षी दललले जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने



२ कात्तिक । माओवादी अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ। बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए।

‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ,’ उनले भने, ‘जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो।’

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ।

सरकारले पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको बस्नेतको भनाइ छ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।