२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


२४ घण्टामा ५६ हजार यात्रु काठमाडौं भित्रिए



२ कात्तिक । २४ घण्टामा ५६ हजार ५११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार, बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक बिहान ६ बजेदेखि २ कात्तिकको बिहान ६ बजेसम्म ५६ हजार यात्रु काठमाडौं भित्रिएका हुन् ।

प्रहरीका अनुसार, यो अवधिमा १ हजार १६८ बस, ३ हजार ९१८ सानो सवारी, ५ हजार ७४४ मोटरसाइकल र ३८० माइक्रो राजधानी प्रवेश गरेका छन् । यही अवधिमा १० हजार ८२१ सवारी उपत्यकाबाट बाहिरिएको रेकर्ड समेत छ ।

२४ असोज फूलपातीदेखि कात्तिक २ गते बिहान ६ बजेसम्म ४६ हजार ८४५ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । तिनमा ३ लाख ४१ हजार ६०४ यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १ : ५९ बजे