२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी



२ कात्तिक । कास्की जिल्ला अदालतले रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । लामिछानेविरुद्धको पक्राउ पुर्जी लिनको लागि कास्की प्रहरीका अधिकारीहरु आजै जिल्ला अदालत पुगेका थिए ।

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिले नै लामिछानेलाई दोषी देखाउँदै कारबाहीको लागि सिफारिश गरेको थियो । प्रहरीले आजै काठमाडौंबाट लामिछानेलाई पक्राउ गरी कास्की लैजाने भएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : ३२ बजे