८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आज काठमाडौंका विभिन्न स्थानहरूमा विद्युत अवरूद्ध



मर्मतका लागि विद्युत बन्द गर्नु परेको जानकारी दिदै प्राधिकरणले तोकिएको समयभन्दा चाडै काम सकिएको खण्डमा छिट्टै विद्युत सुचारु हुने जानकारी दिएको छ

३ कार्तिक । नेपाल विद्युत् प्राधिकरण अन्र्तगत काठमाडौंकोे महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रबाट विभिन्न फिडरबाट वितरण भएको विद्युत अवरुद्ध हुन लागेको हो ।
शनिबार दिउँसो काठमाडौंको मण्डिखाटार फिडर अन्तर्गतका क्षेत्रहरू; बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार, एकतावस्ती, न्युकोलोनी र मण्डिखाटार क्षेत्रमा शनिबार मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।

काठमाडौंको कुलेश्वर वितरण केन्द्र अन्र्तगत चःमति फिडरमा पर्ने क्षेत्रहरू; कालीमाटी, टंकेश्वर, डल्लु, स्वयम्भू, भगवानपाउ, डल्लु आवास, रेन्बो स्कुल, जनसेवा मार्ग, बिजेश्वरी, रामटोल, चःमति, अजिमा महेन्द्र रत्न कलेज, कलस अपार्टमेन्ट, चागल, जिल्ला शिक्षा कार्यालय, डल्लु झोलुंगे पुल लगायत ठाउँहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने छ ।

मर्मतका लागि विद्युत बन्द गर्नु परेको जानकारी दिदै प्राधिकरणले तोकिएको समयभन्दा चाडै काम सकिएको खण्डमा छिट्टै विद्युत सुचारु हुने जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ४६ बजे