११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको रानीबनबाट पेस्तोलसहित युवक पक्राउ



काठमाडौं
११ कात्तिक । काठमाडौंको रानीबनबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दैलेख भगवतीमाई गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१६ रानिबन बस्ने २४ वर्षीय अनिल खड्कालाई शनिबार राती प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको नागार्जुन नगरपालिका–१ रानिबनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थान सहित उनी पक्राउ परेका थिए ।
अस्थायी प्रहरी बिट रानीबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : २८ बजे